हामी मात्र प्रयोग गर्न आफ्नो इमेल ठेगाना पठाउनुहोस्, तपाईं समाचार पत्र र कसरी धेरै मानिसहरू हेर्न खोल्ने हो हाम्रो इमेल. पूर्ण गोपनीयता नीति देख्न सकिन्छ यहाँ. तपाईं गर्न सक्छन् आफ्नो मन परिवर्तन र कुनै पनि समय मा अद्यावधिक तपाईंको प्राथमिकताहरू वा सदस्यता.

इथियोपिया बाल अध्ययन तथा नीति मंच

Students at Kokebe School in Addis Ababa. Photo: Alexandra Humme/GPE

हाल गेज (GAGE) बाट अनुदान प्राप्त बाल अध्ययन तथा नीति मंच (CRPF) गोष्ठी सन् २०१० देखि महिला बालबालिका तथा युवा मन्त्रालयमा संचालित छ। गेज (GAGE) ले यसको संयोजन पनि गर्छ। अझ बढी खोज्नुहोस् । CRPF हाल डिफिड द्वारा अनुदानित लैङ्गिक तथा किशोरावस्था: विश्वव्वयापी अनुसन्धान कार्यक्रम द्वारा समन्वयित इथियोपिया लगायत विविध दक्षिणी परिवेशहरुमा २०,००० किशोरकिशोरीहरुको जीवनलाई अध्ययन गरिरहेको नौ बर्षे लामो अनुसन्धान कार्यक्रम हो। 

CRPF गोष्ठीहरु हरेक महिनाको अन्तिम बिहीबार महिला बालबालिका तथा युवा मन्त्रालयमा आयोजना गरिन्छ। यसको लक्ष्य अध्ययनबाट पत्ता लागेका कुराहरूलाई अनुसन्धानकर्ताहरू, नीति निर्माणकर्ताहरू, यसलाई व्यवहारमा लागु गर्नेहरू र अरू निकाय साझेदारहरू बीचमा पुर्‍याउनु हो। इथोपियाका बालबालिकाहरूसँग सम्बन्धित अध्ययन नीति र कार्यक्रम बीचको सामान्जस्यतालाई सुधार्नमा लागेको संस्थाको प्रतिनिधि सदस्यहरूको एउटा अनौपचरिक समूहको यो एउटा प्रयास हो। यसमा अफ्रिकन बाल नीति मंच, (ACPE) CHAD-ET, कन्सोर्टियम अफ क्रिस्चियन रिलिफ एण्ड डिभलपमेन्ट एसोसिएसन (CCRDA), फोरम अन सस्टेनेबल चाइल्ड एम्पावरमेन्ट (FSCE), गेज (GAGE) नर्बेजिएन चर्च एण्ड, ओक फाउनडेसन/ प्यानल इथोपिया, RETRAK, सेभ द चिल्ड्रेन, युनिसेफ, वोर्ल्ड भिजन एण्ड योङ्ग लाइभ्स् अन्तर्गतका संस्थाहरू छन्।अझ बढी खोज्नुहोस्।

अझ बढी खोज्नुहोस्

मनोसामाजिक स्वास्थ्य र उत्पादन सुरक्षा सञ्जाल कार्यक्रममा प्रस्तुत गरिएको तथा बालबालिका सम्बन्धी नयाँ निती र अनुसन्धानका सारांसहरू भएको हाम्रो मार्च २०१९ को त्रैमासिक समाचारपत्र अध्ययन गर्नुहोस्। 

कृपया विस्तृत जानकारीका लागि किरोश बेहरानुलाई सम्पर्क गर्नुहोस्।