हामी मात्र प्रयोग गर्न आफ्नो इमेल ठेगाना पठाउनुहोस्, तपाईं समाचार पत्र र कसरी धेरै मानिसहरू हेर्न खोल्ने हो हाम्रो इमेल. पूर्ण गोपनीयता नीति देख्न सकिन्छ यहाँ. तपाईं गर्न सक्छन् आफ्नो मन परिवर्तन र कुनै पनि समय मा अद्यावधिक तपाईंको प्राथमिकताहरू वा सदस्यता.

अवधारणात्मक खाका

Students attend class at the Kamrun Nessa Government Girls School in Dhaka. Photo: Abir Abdullah/ADB

गेज (GAGE)को अवधारणात्मक खाकाले किशोरकिशोरीहरूको जीवनलाई समग्रताको दृष्टिकोणबाट हेर्छ। किशोरावस्तामा रहेको बेलामा र भविस्यमा उनीहरु वयस्क हुदाखेरि किशोरकिशोरीहरुको विकास र सशक्तिकरणमा के ले सहयोग गर्छ भन्ने कुरा यस अध्ययनमा हामी हेर्छौ। गेज अध्ययन निम्न कुराहरुमा केन्द्रित छ:

  • किशोरकिशोरीहरूको क्षमता : निम्न ६ वटा विस्तृत सक्षमता क्षेत्रहरू (शिक्षा र सिकाई, शारीरिक स्वतन्त्रता, यौन तथा लिंगमा आधारित हिंसा र बाल विवाहबाट मुक्ति, शारीरिक तथा प्रजनन् स्वास्थ्य र पोषण, मनोसामाजिक स्वास्थ्य, आवज तथा निकाय र आर्थिक सशक्तिकरण)का आधारमा किशोरकिशोरीहरूको व्यक्तिगत तथा समूहगत भलाइलाई हेर्ने ।
  • परिवर्तनका रणनीतिहरु: व्यक्तिगत, पारिवार , समुदाय, सेवासुविधा र प्रणालीका सबै तहहरूमा एकैसाथ कार्यक्रम लगेर कार्यक्रमको अधिकतम प्रभाव कसरी किशोरकिशोरीहरूमा पार्न सकिन्छ भन्ने कुरा पत्ता लगाउने ।
  • परिवेशहरू: कसरी स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशहरूले किशोरकिशोरीहरूको जीवन र विकासको पथलाई निर्धारण गर्दछ भन्ने कुराहरूको अनुसन्धान गर्ने।