बंगलादेश
बंगलादेश
हाम्रो अध्ययन: भारतको पूर्वी फ्लड प्लेनमा अवस्थित बंगलादेशमा हामी ग्रामिण चितागोंग र सहरी ढाकाका १,९०० बंगलादेशी किशोरकिशोरीहरूलाई पछ्याउदै छौं । यसबाहेक हामीहरू कोक्स बजारमा १,८०० रोहिंगा शरणार्थी किशोरकिशोरिहरूमा पनि अध्ययन गर्दैछौँ। हाम्रो अध्ययनले किशोरकिशोरीलगायत उनीहरूका दाजुभाई, दिदीबहिनी, हेरचाह गर्ने सदस्यहरू र सामुदायका अन्य सदस्यहरूलाई समेट्छ।
परिवेश: जनसंख्या वृद्धि घटेता पनि लगभग पाँच जना बंगलादेशी नागरिकहरूमा १ जना १०-१९ वर्ष बीचका किशोरकिशोरीहरू छन्। बंगलादेश सन् २०२४ सम्म मध्यम आय भएको देशमा प्रवेश गर्ने पथमा भए पनि हाल सम्म ४ जना मानिसहरूमध्ये १ जना गरिबीको रेखामुनि रहेका छन्। यसले गर्दा बढी निरपेक्ष गरिबीको रेखामुनि बाँचेको जनसंख्याहरू भएका विश्वका पाँच मुलुकहरू मध्ये बंगलादेश एक हुन आउँछ।
शिक्षा र सिकाई: विगत धेरै दशकदेखि बंगलादेशले बालिकाहरूको शिक्षामा प्रचुर मात्रमा लगानी गरेको छ। प्राथामिक र माध्यामिक दुवै तहहरूमा केटाहरूभन्दा केटिहरू बढी भर्ना भएका छन् तर माध्यामिक शिक्षा पूरा गर्ने संख्या केटाहरूको बढी छ। त्यस्तै गरि प्रविधिक, व्यावसायिक र उच्च शिक्षामा किशोरहरू कै बढी प्रतिनिधित्त्व छ। सूचना र प्रविधिमा पनि केटीहरू भन्दा उनीहरूकै राम्रो पहुँच छ।
किशोरकिशोरीहरूले विद्यालय छाड्नुमा गरिबी एक महत्त्वपूर्ण कारक तत्व हो तर किशोरीहरूको शिक्षालाई सामाजिक मूल्यमान्यताहरुले निर्धारण गरेकोहुन्छ। घरायसी काम किशोरीहरूलाई लगाइने भएको हनाले उनीहरूलाई गृहकार्य गर्ने समय हुदैँन र धेरैजसो किशोरीहरू माध्यामिक तहमा फेल हुन्छन् । घरायसी काम किशोरहरूलाई लगाइन्न। त्यस्तै गरी विद्यालय बाहिर किशोरीहरूको ट्युसनमा पहुँच न्यून हुन्छ किनभने अभिभावकहरू आफ्नो छोरीभन्दा छोराहरूको शिक्षामा बढी लगानी गर्न जोड गर्छन्। अरु किशोरीहरू विवाहका कारण विद्यालयबाट बाहिरिन्छन्।
शारीरिक स्वायत्तता, शारीरिक निष्ठा र हिंसाबाट स्वन्त्रता: बाल विवाह घटाउन महत्त्वपूर्ण प्रगति भए पनि धेरैजसो बंगलादेशी किशोरीहरू कलिलो उमेरमा विवाह गर्छन्। पाँच जना किशोरीहरू मध्येमा तीनजना किशोरीहरू १८ वर्षको उमेरमा विवाह गर्छन् र ८ जनामा १ जनाले १५ वर्ष अगावै बिहे गर्छन्। विवाहित किशोरीहरूमध्ये एक तिहाईले श्रीमानहरूको हातबाट शारीरिक हिंसा र एक चौथाईले यौन हिंसा भोग्छन्। यसका अतिरिक्त झन्डै ९० % किशोरीहरूले आफ्नो समुदायमा यौन दुर्व्यहार भोग्ने गर्दछन्।
स्वास्थ्य, पोषण, यौन तथा प्रजनन् स्वास्थ्य: बंगलादेशमा बालविवाह र कलिलो उमेरमा बच्चा जन्माउने प्रचलनले गर्दा किशोरावस्थामा गर्भवती हुनु सामान्य हो। ५ जनामा ३ जना किशोरीहरूले १९ वर्षकै उमेरमा बच्चा जन्माउन थाल्दछन्। कलिला आमाहरूले दक्ष प्राविधिकबाट प्रसुति सेवा तथा सुत्केरीअवस्थामा स्याहार सुविधा पाउँदैनन्। बंगलादेशी किशोरीहरूमा कुपोषण आम समस्याको रूपमा रहेको छ र उनीहरूको गर्भावती हुने उच्च दरलाई हेर्दा कुपोषण एउटा ठूलो समस्याको रूपमा आउँछ: सन् २०१४ को तथ्यांकले देखाएअनुसार १५-१९ वर्षसम्मका विवाहित किशोरीहरूमध्ये ३१ % कुपोषित छन्।
मनोसामाजिक स्वास्थ्य: किशोरीहरूको मनोसामाजिक स्वास्थ्य बारेमा थोरै मात्र तथ्यहरु छन्। सामाजिक एक्लोपन, यौन दुराचार तथा बालविवाहले गर्दा सहरी क्षेत्रका किशोरीहरू विशेषत मानसिक स्वास्थ्यको जोखिममा रहेका छन् भन्ने हाम्रो अध्ययनले पत्ता लगाएको छ।
आवाज तथा निकाय : मुख्य रूपले युवापुस्ताको सोचाइ र मूल्यमान्यतामा भर्खरै लैङ्गिक समता प्रति परिवर्तन आए पनि सङ्कुचित मूल्यमान्यताहरुले किशोरीहरुको आवाज तथा निकायहरुलाई कसिलो रुपमा प्रतिबन्ध लगाएको अवस्था छ। किशोरीहरुको भूमिका विवाह गर्ने र बच्चाजन्माउने मात्रै हो भन्ने बुझाई आम जनमानसमा छ भन्ने कुरा लैङ्गिक सूचकमा झल्किन्छ। सामाजिक व्यवस्था र लैङ्गिक अनुसुची ( SIGI) मा दक्षिण एसियाली सात देशहरु मध्येमा बंगलादेशको लैङ्गिक सूचकहरुको सबैभन्दा निम्नस्तरको नतिजा छ। किशोरहरु जति बढ्दै जान्छन उति नै उनीहरुको स्वतन्त्रता बढ्दै जान्छ। केटीहरु जब किशोरावस्थामा प्रवेश गर्दै जान्छन् तब उनीहरुको स्वतन्त्रताको दायरा साँघुरिदै जान्छ। अभिभावकहरुले उनीहरुलाई यौन दुराचार तथा हिंसा बाट जोगाउन र परिवारको इज्जत, मान, प्रतिष्ठा जोगाउन उनीहरुलाई किशोरी अवस्थादेखि सबै खाले बन्देजहरु लगाउन थाल्दछन्।
आर्थिक सशक्तिकरण: अनुमानित १० लाख १०-१४ वर्ष उमेरका केटाकेटीहरू काम गर्छन्, जसमा ढाकामा ३१ % बाल मजदुरहरुले मात्र काम र विद्यालयलाई सँगै आगाडि लागेका छन् । सबैभन्दा उच्च प्रतिशत कलिला किशोरी कामदारहरुको संख्या ढाकामा र त्यस पछि चितागोंग र सिलेटमा पाईएको छ यधपी चितागोंग र सिलेटमा यसको तथ्यांक हाल सम्म उपलब्ध छैन । यसका अतिरिक्त १५ वर्ष मुनिका किशोरीहरु तुलानात्मक रुपले शैक्षिक तथ्यांकभन्दा बाहेकका तथ्यांकमा अदृश्य रुपमा रहेका छन्। ठूला किशोरीहरु पनि विवाहित महिलाकोबृहत समुहको तथ्यांकमा मात्रै देखापर्छन्।