शारीरिक स्वायत्तता र हिंसाबाट स्वतन्त्रता : किशोरकिशोरीहरूले लैङ्गिक मूल्यमान्यताहरुको कारण हिंसाका विभिन्न रूपहरू र फरक फरक जोखिमहरुको सामना गर्नुपर्छ। किशोरीहरु बाल विवाहको धेरै जोखिममा छन् । ५ जनामा २ जना १८ वर्षको उमेर अघि नै विवाहित हुन्छन। महिला जनेंद्रिय क्षेदनको (FGM/C) अभ्यास लगभग आधा किशोरीहरुमा भइरहेको छ र १५- १९ बर्ष उमेरका एक तिहाइ विवाहित किशोरीहरुले आफ्नो श्रीमानको हातबाट यौन हिंसाको अनुभव गरेका छन्। अन्य अपराधीहरुबाट हुने हिंसा पनि सामान्य छ। एउटा सर्वेक्षणले पत्ता लगाए अनुसार १० मध्ये ९ जना केटिहरुलाई शारीरिक दुर्व्यवहार र सात जनालाई मानसिक दुर्व्यवहार भएको थियो । यस्ता हिंसा प्राय जसो उनीहरूको आमाहरुको हातबाट भएको थियो। केटाहरूले घर र स्कूलमा बढी कठोर र हिंसात्मक अनुशासनको अनुभव गर्छन् , र उनीहरू आफुनै युवा हिंसा गर्ने र हिंसा बाट पीडित हुने सम्भावना बढी हुन्छ।
स्वास्थ्य, पोषण, र यौन तथा प्रजनन स्वास्थ्य : इथियोपियाको स्वास्थ्य कार्यकर्ता कार्यक्रमको विस्तार र खाद्य असुरक्षामान्यूनीकरणको कारण, किशोरकिशोरीहमा आधारभूत उपचारको पहुँच राम्रो छ र सामान्यतया उनीहरु पहिलेका किशोरकिशोरीहरु भन्दा राम्ररी पोषित पनि छन् । इथियोपियन किशोरकिशोरीहरूमा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धित जानकारी मिश्रित रुपमा छ। गर्भ निरोधक साधन र एचआईभी सम्बन्धित सन्देशहरु व्यापकरुपमा फैलिएका छन् । उदाहरणका लागि २०१६ को DHS ले पत्ता लगाए अनुसार १५ -१९ बर्ष उमेर बिचका ६१% किशोरीहरू (र लगभग ७४% किशोरहरूलाई ) कन्डमको प्रयोगबाट एचआईभीलाई रोक्न सकिन्छ, भन्ने थाहा थियो र केटीहरू पनि खुल्लारुपले परिवार नियोजन सम्बन्धी संदेशहरु प्रसार गर्नमा भूमिका खेलेको पाईयो (२४ %रेडियोमा २७ % सामुदायिक कार्यक्रममा)। यद्यपि वृहत यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा विरलै छ। सामाजिक मूल्यमान्यताहरुले यौन सम्बन्धित विषयहरूलाई वर्जित गर्दछ र केटीहरूको यौनिकतालाई गलत तरिकाले अर्थ्याउछ । यसको मतलब अधिकांश किशोरकिशोरीहरूमायौबनाबस्था बारेमा सीमित जानकारी छ ।किशोरीहरुले महिनावारीलाई लाज र डरको साथ लिन्छन् र धेरै किशोरीहरू सामाजिक बाधा व्यवधानका कारण गर्भ निरोधक साधनहरुको पहुँचमा पुग्न सक्दैनन्।
मनोसामाजिक स्वास्थता : मानसिक स्वास्थ्य समस्याहरूले केटाकेटीहरु र किशोरकिशोरीहरुमा पर्याप्त (१२ देखि २५ % को बिचमा) संख्यामा असर गरेको देखियता पनि हाल सम्म किशोरकिशोरीहरूको मनोसामाजिक स्वास्थताको बारेमा थोरै मात्र जानकारी उपलब्ध छन्। विवाहित वा घरेलु कामदारको रूपमा काम गर्ने किशोरीहरु सामाजिक रूपले अलगिने प्रचलन देखिन्छ र विशेष गरी उदास र चिन्तित हुने सम्भावना देखिन्छ।
आवाज तथा निकाय : किशोरीहरुको आवाज तथा निकायहरुमा पहुँच किशोरहरूको भन्दा बढी सीमित छ । सामाजिक मूल्यमान्यताहरूको कारण उनीहरूलाई प्राथमिक रूपमा श्रीमती र आमाहरूको रूपमा मात्र मूल्य दिइन्छ । आफ्ना श्रीमानहरूभन्दा कान्छी हुने हुनाले विवाहित किशोरीहरुको आवाज तथा निकायमा पहुच विशेष गरी सिमित छ। । किशोरीहरुको शिक्षा, स्कूलमा आधारित किशोरी क्लबहरूर रोजगारीको पहुँचमा सुधार भएको छ तथा उनीहरू आफ्नै जीवनमा बढी सक्रिय व्यक्तिहरु बनिरहेका छन्।
आर्थिक सशक्तिकरण : किशोरकिशोरीहरुको आर्थिक सशक्तिकरणको बारेमा हामीलाई थोरै मात्र थाहा छ। साना किशोरकिशोरीहरू प्रायजसो अदृश्य छन् र ठुला किशोरकिशोरीहरू लगभग विश्वव्यापी रूपमा ’युवा’ भन्ने ३० बर्ष उमेर सम्मका वयस्क व्यक्तिहरु को ठूलो समूहमा पर्छन । जसमा समावेश हुन्छन्। युवा र महिलाहरूको बेरोजगारी दर उच्च छ ।आर्थिक वृद्धिको बावजुद अर्थव्यवस्था जनसंख्या बृद्धि संगै माथि जान सकेको छैन र अधिकांश युवा र महिलाहरु कम तलब र कम सुरक्षित अनौपचारिक श्रम बजारमा सीमित छन्।
हाम्रो अध्ययनले देखाएको तथ्य : विशेष गरी इथियोपियाका किशोरकिशोरीहरूको शिक्षा, बाल विवाह, र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि बारेमा जानकारीहरु पर्याप्त छन् । यधपि, हाम्रो अध्ययन बाट यो स्पष्ट हुन्छ कि यी डाटाहरुमा उमेरअनुसारको भिन्नतालाई पर्याप्त ध्यान दिइएको छैन । त्यसैगरी डाटाहरुले थोरै मात्रै भौगोलिक क्षेत्रहरुलाई समेटेका छन् जसले गर्दा इथियोपियाजस्तो विविध सांस्कृतिक मुल्यमान्यता र अभ्यासहरू भएको ठाउँमा बस्ने किशोरकिशोरीहरुको किशोरावस्थाको अनुभवहरूको बारेमा हामीलाई अपर्याप्त जानकारी छ।