लेबनन
लेबनन
Syrian girls at a community centre in Lebanon. Photo: Russell Watkins/DfID
परिवेश: लेबनन मेडिटेरियनको पूर्वी किनारमा पर्ने र सिरियासँग लामो सिमाना जोडिएको एउटा सानो देश हो। प्रतिव्यक्तिको आधारमा संसारमा अरु देशभन्दा बढी शरणार्थीहरूलाई यसले आश्रय दिइरहेको छ। हाल त्यहाँ १० लाख दर्ता भएका सिरियाली शरणार्थी र १ लाख ७५ हजार प्यालेस्टाइनी शरणार्थीहरु छन्। लेबननमा लगभग १०० बर्षदेखि जनगणना भएको छैन ।यसले गर्दा लेबनानी किशोरकिशोरीहरुको जनसंख्या बारेमा तथ्यांक छैन।
शिक्षा र सिकाई: लेबननले प्राथमिक तहमा सत प्रतिशत भर्ना दर पुर्याउन सकेको छैन। ९५ % केटाहरुको तुलनामा ९०% बालिकाहरु मात्र प्राथमिक तहमा भर्ना भएका छन्। मध्यामिक तहमा केटाकेटी दुवैको भर्ना दर ७०% छ। विशेषगरी ठूला किशोरकिशोरीहरु र सिरियाली बालबालिकाहरुको शिक्षामा अत्यन्त सीमित पहुँच छ। ६-१४ वर्ष उमेरका ७०% केटाकेटीहरु मात्र विद्यालयमा छन्। १५-१७ वर्ष उमेर समूहमा केटाकेटीहरुको भर्ना दर २२ % मात्र छ।
शारीरिक स्वायत्तता, निष्ठा र हिंसाबाट स्वतन्त्रता: तुलनात्मक रुपमा लेबनानी किशोरीहरुमा बालविवाह न्यून छ। तर सिरियाली शरणार्थीहरुमा भने बाल विवाह बढ्दो क्रममा छ। केही सिरियाली समुदायमा एक तिहाई किशोरीहरुको १८ वर्षभन्दा अगावै बिहे हुन्छ। शरणार्थी जनसंख्यामा गरिएको अध्ययनले सिरियाली किशोरीहरु बढ्दो रुपले लैङ्गिकतामा आधारित हिंसाको जोखिममा छन् भन्ने देखाउछ। यद्यपि किशोरी तथा महिलाहरुले भोगेका लिङ्गमा आधारित हिंसाका अनुभवहरुको सम्बन्धमा त्यहाँ कुनै पनि राष्ट्रियस्तरको अध्ययन भएको पाइएको छैन। उपलब्ध अध्ययनले प्राय: किशोरीहरुमा उच्च दरमा समान उमेर समुहमा हुने जिस्क्याई “बुलिंग” जस्ता हिंसा भने पाएको छ।
स्वास्थ्य, पोषण, यौन तथा प्रजनन् स्वास्थ्य: लेबनानी किशोरकिशोरीहरुको शारीरिक स्वास्थ्यको बारेमा अध्ययन र प्रमाणहरु निकै फितला छन्। हाल सम्म उपलब्ध अध्ययनहरु अधिकतम् मात्रामा बढ्दै गरेका युवाहरुको मोटोपन र लागूपदार्थ दुर्व्यसनबामा केन्द्रित छन्।यी अध्ययनहरु पनि विशेषगरी किशोरहरूमा केन्द्रित छन्। सिरियाली शरणार्थीहरुले उच्च दरमा खाद्य असुरक्षा सामना गर्छन् भन्ने कुरा पनि अध्ययनले देखाउछ। त्यसैगरि लेबनानी,सिरियाली र प्यालेसटाइनि कुनै पनि समूहका थोरै मात्रै किशोरकिशोरीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्यबारे सूचना र जानकारी छ ।
मनोसामाजिक स्वस्थ: हाम्रो अध्ययनले लगभग एक चौथाई लेबनानी किशोरकिशोरीहरुमा हालसालै मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएको पायो। किशोरीहरु चिन्ता र निराशको समस्याबाट बढी ग्रसित छन् भने किशोरहरु सही आचरणमा नबस्ने समस्याबाट बढी प्रभावित हुने सम्भावना हुन्छ। गरिबी र विस्थापनले गर्दा सिरियाली किशोरकिशोरीहरुले झन् बढी चिन्ता सामना गर्छन्। सिरियाली किशोरीहरुलाई घरमा पनि एक्लै राखिन्छ।हाम्रो एउटा अध्ययनले ५% सिरियाली किशोरीहरु मात्र आफ्नो जीवनमा सन्तुष्ट रहेको कुरा पत्ता लगाएको छ। यथार्थमा लगभग पाँच जनामा चारजना प्यालेसटाइनी किशोरकिशोरीहरु मानसिक आघातका घटनाहरु प्रतक्षरूपमा देखेका भए पनि धेरै जना आफ्नो जीवनदेखि सन्तुष्ट नै भएको बताउछन । यस्तो हुनुको मुख्य कारण उनीहरुले पृष्ठभूमिको मानसिक आघातलाई सामान्य रुपमा लिनु हो ।
आवाज र निकाय: हामीले केही अध्ययनहरुमा सीमित प्रमाणहरु फेलापारेता पनि लेबननमा रहेका किशोरकिशोरीहरुको आवाज र निकायको बारेमै केन्द्रित रहेर लगभग कुनै पनि अध्ययन गरिएको छैन। प्रतिबन्धनकारी लैङ्गिक मूल्यमान्यताहरुले गर्दा किशोरीहरु किशोरहरुभन्दा पछाडि परेका छन्। उनीहरुले हिडडुल गर्ने क्षेत्रहरुलाई सीमित बनाइएको छ। प्राय: उनीहरु समुदायप्रति आफ्नो कुनै पनि भूमिका छैन भन्ने महसुस गर्छन्।
आर्थिक सशक्तिकरण: लेबनानमा लगभग एक चौथाई किशोरहरु श्रम बजारमा छन् भने १० जनामा एक जनाभन्दा पनि कम किशोरीहरु रोजगार छन्। किशोरहरुभन्दा किशोरीहरु बढी सङ्ख्यामा विद्यालयमा हुने सम्भावना छ तर यो किशोरी तथा महिलाहरुले काम गर्नु हुदैन भन्ने सामाजिक मूल्यमान्यताहरुले गर्दा हो। श्रम बजारमा किशोरहरुको कम संलग्ननताको तथ्यांक बेरोजगारी दरमा पनि झल्किएको छ जसमा किशोरहरुको तुलनामा किशोरीहरुको बेरोजगारीको दर दुई गुणा बढी छ।
हाम्रो अध्ययनमा आधारित तथ्यहरु: शिक्षा क्षेत्र बाहेक हामीलाई लेबनानी किशोरकिशोरीहरुको सक्षमता बारेमा थोरै मात्र थाहा छ भन्ने कुरा हाम्रो अध्ययनमा आधारित तथ्यले देखाएको छ । वास्तवमा त्यसदेशको क्षेत्रगत विभाजनले गर्दा लैङ्गिक र उमेरमा विभाजित तथ्याङ्कहरू अदृश्य छन्। एनजीओहरुले सम्पन्न गरेका केहि अध्ययनबाट हामीलाई सिरियाली किशोरीहरूले सामना गरेका केही चुनौति जस्तो बालविवाहबारे तुलनात्मक रूपले बढि थाहा छ तर प्यालेसटाइनी किशोरकिशोरीहरूलाई अध्ययनमा पूर्ण रुपमा बेवास्ता गरिएको छ।