हाम्रो अध्ययन
हाम्रो अध्ययन
Adolescent girls study in Nepal. Photo: Jim Holmes/AusAID
जीवनको दोस्रो दशकदेखि युवावस्थामा प्रवेश गर्दासम्म किशोरकिशोरीहरूको लैङ्गिक अनुभव कस्तो छ भन्ने बारेमा जानकारी पाउन गेजले गुणात्मक तथा संख्यात्मक विधिलाई मिसाएको छ।
कस्ता कार्यक्रमहरूले प्रभावकारी तरिकाले किशोरकिशोरीहरूलाई उनीहरूको उच्चतम विकासका लागि सहयोग गर्दछ भनेर बुझ्नको लागि यस्ता देशमा हुने किशोरकिशोरीका कार्यक्रमको पनि हामी मूल्यांकन गरिरहेका छौँ।
हाम्रो अध्ययनको केन्द्रविन्दु भनेको सबैभन्दा जोखिममा रहेका किशोरकिशोरीहरू हुन्। दिगो विकास (एसडीजी) लक्ष्यको “कसैलाई पनि पछाडि नछोड्ने” प्रतिबद्धतामा आधारित भएर, हाम्रो अध्ययनमा स्कुलबाट बाहिर रहेका किशोरकिशोरी, शरणार्थीहरू, किशोरावस्थाका अपाङ्गता भएका, विवाहित अथवा पारपाचुके भएका अथवा बालबच्चा भइसकेका किशोरकिशोरीहरूलाई समावेश गरिएको छ।
यी नातिजहरूले क्षेत्रिय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहहरूमा किशोरकिशोरीको आवश्यकतालाई सम्बोधन गर्नलाई जावाफदेही प्रणालीहरू, सेवा सुविधाहरू र कार्यक्रमहरू शृजना गर्नलाई के आवश्यक छ भन्ने कुराहरूमा ध्यान केन्द्रित गरेर नीति तथा कार्यक्रम बनाउने निकायलाई किशोरकीशोरीहरूमा प्रभावकारी रूपमा पुग्नको लागि सहयोग गर्ने छ।
गेज (GAGE) ले:
जोखिममा परेका किशोरकिशोरीहरू जोसँग हामी काम गर्दछौँ उनीहरूलाई हाम्रो अध्ययनले हानी पुग्ने छैन र उनिहरूको अधिकार सुरक्षित रहन्छ भन्ने कुरा सुनिश्चित गर्नलाई गेज (GAGE) अध्ययन अनुसन्धान सम्बन्धी मापदण्ड प्रयोग गर्न प्रतिबद्ध छ।
नैतिकता सम्बन्धी हाम्रो अवधारणा डीएफआइडि (DFID) 2011 को अध्ययन र मूल्यांकनको लागि नैतिक सिद्धान्तहरू (इथिक्स प्रिन्सिपल फर रिसर्च एन्ड इभ्यालुएसन) अनुसन्धानमा अबलम्बन गर्नु पर्ने, आर्थिक तथा सामाजिक अनुसन्धान परिषद् (इकोनोमिक एन्ड सोसियल रिसर्च काउन्सिल) (२०१५) को अनुसन्धान नैतिकताका लागि फ्रेमवोर्क, दि OECD (२०११) को कमजोर राज्यहरूका सिद्धान्तहरू र विश्व स्वास्थ्य संगठन (WHO, २००५) को रोग नियन्त्रणका लागि निर्देशन केन्द्रको महिला र बालबालिकाहरूको हिंसा अनुसन्धानको मार्ग निर्देशक सिद्धान्तहरूमा आधारित छन् ।
गेजका (GAGE) मूलभूत सिद्धान्तहरू हामीले अन्तरक्रिया गर्ने कुनै पनि व्यक्तिहरूको कुनै किसिमको हानी नगर्ने र समुहको मानवअधिकार सुरक्षित गर्ने हो। हामी अध्ययनमा व्यक्तिगत सहभगिता सुनिश्चित गर्न, पूर्ण सूचनाको आधारमा अध्ययनमा सहभागी गराउनका लागि उपलब्ध गराईएका सूचनाहरू गोप्य र सुरक्षित राख्न विभिन्न तहका उपायहरू अपनाउँछौँ। यो सिद्धान्तहरू परिचालन गर्नको लागि रणनीतिहरू अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलन र सन्धिहरू, बाल अधिकारसम्बन्धी माहासन्धिहरू (कन्भेन्सन अन चाएल्ड राइट्स ) र बालबालिकाहरूको आफ्नो आवाज सुनिनु पर्ने अधिकारमा आधारित छन्।
तथ्य संकलनका लागि ODI को रिसर्च एथिक्स कमीटी, बेलायतको इन्स्टिट्युसनल रिभ्यु बोर्ड अफ रेकर्ड (IRB) र जर्ज वासिङ्टन विश्वविद्यालय अमेरिका को IRB अफ रेकर्ड हो। हामी काम गरि रहेका देशहरूमा त्यही देशका टोली र साझेदारहरूको मार्गदर्शन र सहयोगबाट यो अध्ययनले ती देशहरूका अनुसन्धानको लागि राष्ट्रिय मापदण्ड प्रयोग गर्नेछौँ। गेजको बेसलाइन कृयाकलापको सुरुवात गर्ने क्रममा सबै सम्बन्धित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अध्ययनका साझेदारका लागि हामीले अनुमती प्राप्त गरेका छौँ। यद्यपि यसका विभिन्न देशका आफ्नआफ्नै फरक सिद्धान्तहरू हुन्छन् भन्ने कुरालाई हामी स्वीकार र सम्मान गर्छौं।