हामी मात्र प्रयोग गर्न आफ्नो इमेल ठेगाना पठाउनुहोस्, तपाईं समाचार पत्र र कसरी धेरै मानिसहरू हेर्न खोल्ने हो हाम्रो इमेल. पूर्ण गोपनीयता नीति देख्न सकिन्छ यहाँ. तपाईं गर्न सक्छन् आफ्नो मन परिवर्तन र कुनै पनि समय मा अद्यावधिक तपाईंको प्राथमिकताहरू वा सदस्यता.

लक्षित नीतिहरु

Adolescents from Batu, Ethiopia © Nathalie Bertrams / GAGE 2021

गेजको अबधारणात्मक खाका र अध्ययन बाल अधिकार र लैङ्गिक समानतामा सुधार ल्याउने प्रमुख अन्तर्राष्ट्रिय सम्झौताहरुले निर्धारण गरेको छ। यी मध्ये दिगो विकाश लक्ष्य, बालबालिकाहरुको अधिकारसँग सम्बन्धित सयुक्त राष्ट्र सङ्घ सम्मेलन (UNCRC) र महिलाहरु माथि हुने गरेका सबै किसिमका विभेदको उन्मुलन सम्मेलन (सिड) (CEDAW) केही हुन्। गेजले किशोरकिशोरिहरुमा मात्र केन्द्रित नभई यी मध्ये पनि सबैभन्दा जोखिममा रहेका जस्तै असक्षमता भएका, शरणार्थीहरु, आन्तरिकरुपले विस्थापित र कलिला विवाहित किशोरकिशोरीहरुलाई पनि लक्षित गर्दछ। यसले विश्वव्यापीरुपमा गरिएका सम्झौताहरुलाई जीवन्त बनाउन सुनिश्चित गर्न सहयोग पुर्‍याउँछ। गेजले किशोरकिशोरीहरूको उमेर र लैङ्गिकता अनुसारका आवश्यकताहरुले पाउनुपर्ने ध्यान पाउन् भन्ने उद्देश्य राख्छ। यसले अन्तर्राष्ट्रिय सम्झौताहरूले कति राम्रोसँग व्यवहारमा काम गरिरहेका छन् भन्ने कुरा बुझ्न पनि हामीलाई सहयोग पुग्नेछ। एउटा लामो अध्ययनमा आधारित तथ्य भएको हुनाले, साझेदारहरूले यसलाई नीति तथा कार्यक्रमले छुट्ने जोखिममा रहेका किशोरकिशोरीहरुको सहयोगका लागि लागु गर्न सक्छन्। तल केही प्रमुख अन्तर्राष्ट्रिय सम्झौताहरु प्रस्तुत गरिएको छ, जुन गेजले नेतृत्व गरिरहेको अध्ययनसँग सान्दर्भिक छन्।

दिगो विकाश लक्ष्य

आजका किशोरकिशोरीहरु- आजको विश्वमा अनुमानित डेढ अरब जनसंख्या किशोरकिशोरीहरुको छ, जुन संसारले देखेको किशोरकिशोरीहरुको सबैभन्दा ठूलो जनसंख्या हो। तर पनि उनीहरु नीति तथा कार्यक्रमका प्रयासहरुमा अदृश्य देखिन्छन्। कसरी किशोरकिशोरीहरुले आफ्नो बल्यावस्थाबाट युवावस्थामा प्रवेश गरे भन्ने कुराले उनीहरुको भविष्यमा मात्र प्रभाव पर्ने होइन यसले २०३० को दिगो विकास लक्ष्य एजेण्डाको सफलतामा पनि प्रभाव पार्छ। यो निकै महत्वपूर्ण छ। १७ दिगो विकास लक्ष्य र १६९ टार्गेटहरू अहिले २३० दिगो विकास लक्ष्य सूचकहरुसँग जोडिएको छ। तर तिनीहरु मध्येका आधाभन्दा बढी सूचकहरुको बारेमा तथ्यांक छैन जसले गर्दा यी लक्ष्यहरुलाई जीवन्तता दिन सकिएको छैन। गेजका प्राथामिक उद्देश्यहरु मध्येको एक उद्देश्य भनेको किशोरकिशोरीहरुको प्रगतिलाई नाप्ने माध्यम तथा विधिहरूको विकास गर्नु हो। कुन दिगो विकास लक्ष्यलेकिशोरकिशोरीहरुको अवस्थामा सुधार ल्याउन सहयोग गर्न सक्ने सम्भाव्यता छ भन्ने कुरा तल हामीले रेखांकन गरेका छौँ।

१. गरिबीको अन्त्य    
  • राष्ट्रिय परिभाषाका अनुसार सबै आयामबाट गरिबीमा बाँचिरहेका कम्तिमा पनि आधा भाग बालबालिकाहरुको संख्यालाई घटाउने (लक्ष्य १.२)

२. शून्य भोकमरी

  • किशोरीहरुको पोषणको आवश्यकतालाई सम्बोधन गर्दै सबै किसिमका कुपोषणहरुको अन्त्य गर्ने (लक्ष्य २.२)

३. राम्रो स्वास्थ्य र सम्बृद्धि

  • विश्व मातृ मृत्युदर घटाउने (लक्ष्य ३. १)
  • परिवार नियोजन लगायतका यौन तथा प्रजनन् स्वास्थ्य सेवा सुविधालाई विश्वव्यापी रूपमा शिक्षा तथा सूचनासहित सुनिश्चित गर्ने (,) र प्रजनन् स्वास्थ्यलाई राष्ट्रिय रणनीति र कार्यक्रममा समाहित गर्ने (लक्ष्य ३.७)
  • मानसिक स्वास्थ्य र सम्बृद्धिको प्रबर्धन गर्ने (लक्ष्य ३.४)

४. गुणस्तरीय शिक्षा:

  • सबै किशोरकिशोरीहरूलाई नि:शुल्क, समान र गुणस्तरीय प्राथामिक तथा माध्यामिक शिक्षा उपलब्ध छ एवम् सिकाई प्रभावकारी र उपलब्धिमूलक छ भन्ने सुनिश्चित गर्ने (लक्ष्य ४.१)
  • गुणस्तरीय प्रविधिक, व्यवसायीक र विश्वविद्यालय शिक्षा सन् २०३० सम्ममा सबै महिला तथा पुरुषहरुको समान पहुँचमा पुर्‍याउने (लक्ष्य ४.३)
  • बालबालिका, असक्षमता भएका व्यक्ति, महिलामैत्री शैक्षिक सुविधाहरूलाई निर्माण तथा अध्यावधिक गराउने र सबैलाई सुरक्षित, हिंसारहित, समावेशी र प्रभावकारी सिकाई वातावरण उपलब्ध गराउने (लक्ष्य ४.क)

५.लैङ्गिक समानता

  • किशोरी तथा महिलाहरुमा हुने हरेक ठाउँमा रहेका सबै किसिमका विभेदहरुको अन्त्य गर्ने (लक्ष्य ५.१ )
  • बेचबिखन, यौन तथा अरु किसिमका शोषणहरु सहित सार्वजनिक तथा निजी ठाउँमा केटीहरुविरुद्ध हुने सबै किसिमका हिंसाहरुको अन्त्य गर्ने ( लक्ष्य ५.२)
  • बाल तथा जबरजस्ती विवाह र महिलाहरुको यौन अंग छेदन जस्ता सबै किसिमका हानीकारक प्रचलनहरुको अन्त्य गर्ने (लक्ष्य ५.३)
  • पैसा नआउने, घरेलु काम तथा हेरचाहको कामलाई पहिचान तथा मूल्य दिने ( लक्ष्य ५.४)
  • लैङ्गिक समानताको प्रावधान र सबै तहमा किशोरीहरुको सशक्तिकरणको लागि मजबुत नीति तथा कानूनको अवलम्बनलाई सशक्तिकरण गर्ने (लक्ष्य ५. ग)

६.सफा पानी र सरसफाइ

  • महिला तथा किशोरीहरु र जोखिमको अवस्थामा रहेका मानिसहरुलाई विशेष ध्यान दिँदै सन् २०३० सम्ममा सबैका लागि पर्याप्त र न्यायसंगत सफाइ र स्वास्थ्यको व्यवस्था गर्ने (लक्ष्य ६.२)

८. कामको मर्यादा तथा आर्थिक वृद्धि

  • सबै युवाहरुका लागि मार्यादित, पूर्ण तथा उत्पादनमूलक रोजगारीको शृजना गर्ने र समान मूल्य भएको कामको लागि समान ज्यालाको व्यवस्था गर्ने (लक्ष्य ८.५)
  • सन् २०२० सम्ममा रोजगारी, शिक्षा र तालिममा नरहेका युवाहरूको अनुपात अधिकतम रूपमा घटाउने ( लक्ष्य ८.६)
  • जबरजस्ती श्रम निर्मूलन गर्नको लागि सिघ्र प्रभावकारी उपयाहरु को अवलम्बन गर्ने, आधुनिक दासता र मानव बेचबिखनको अन्त्य गर्ने , खराब किसिमको बालश्रम, बाल सैनिकहरुको भर्तीको प्रतिबन्धको सुनिक्षित गर्ने र अन्त्य गर्ने तथा सन् २०२५ सम्ममा सबै किसिमका बालश्रमहरुको अन्त्य गर्ने ( लक्ष्य ८.७)
  • विशेषगरी महिला आप्रवासी कामदार सहित सबै श्रमिकहरूको अधिकारको सुरक्षा गर्नेतथा , उनीहरूलाई सुरक्षित काम गर्ने वातावरणको प्रबन्ध गर्ने (लक्ष्य ८.८)
  • सन् २०२० सम्ममा युवा रोजगारीको लागि विश्व रणनिति विकास र परिचालन गर्ने र अन्तर्राष्ट्रिय श्रम संगठनको विश्व रोजगारी सम्झौता लागु गर्ने (लक्ष्य ८. ख)

११.दिगो सहर र समुदायहरु  

  • सबैका लागि सुरक्षित, सस्तो, सुलभ र दिगो यातायात प्रणालीको पहुँच उपलब्ध गराउने, विशेषगरी सार्वजनिक यातायातहरुको बिस्तार र बालबालिकाहरुको आवश्यकताहरूको विशेष ध्यान दिँदै सडक सुरक्षा सुधार गर्ने ( लक्ष्य ११.२)
  • विशेषगरि बालबालिकाहरुलाई सुरक्षित, समावेशी र सुलभ हरियाली पार्क र सार्वजनिक स्थलहरुमा विश्वव्यापी रूपमा पहुँच उपलब्ध गराउने (लक्ष्य ११. ७)

१३.जल वायु सम्बन्धी कार्य

  • विकासशील देश र साना टापु भएका विकासशील राज्यहरुमा जलवायु परिवर्तनसम्बन्धी प्रभावकारी योजनाहरू र व्यवस्थापन क्षमताहरू बढाउनका लागि संयन्त्रको प्रवर्द्धनतथा प्रचारप्रसारगर्ने।यस्ता कार्यक्रमहरुमा युवाहरुलाई पनि लक्षित गर्ने (लक्ष्य १३. ख)

१६.शान्ति न्याय र सशक्त संस्थाहरु

  • हरेक ठाउँमा सबै प्रकारको हिंसा र त्यस सम्बन्धि मृत्युदर अधिक रुपमा घटाउने (लक्ष्य १६.१)
  • बालबालिका विरुद्ध हुने सबै किसिमका दुरुपयोग, शोषण, बेचबिखन, हिंसा र यातानाहरुको अन्त्य गर्ने (लक्ष्य १६.२)
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा कानुनी शासनका नियमहरुलाई प्रवर्धन गर्ने र सबैलाई न्यायमा समान पहुँचको सुनिश्चितता गर्ने (लक्ष्य १६. ३)
  • सबै तहमा उत्तरदायी, समावेशी, सहभागितामूलक तथा प्रतिनिधित्वपुर्ण निर्णयको सुनिश्चितता गर्ने। (लक्ष्य १६.७)

बाल अधिकार सम्बन्धी सयुक्त राष्ट्रसङ्घ समेल्लन

बाल अधिकारसम्बन्धी सयुक्तराष्ट्र सङ्घको सम्मेलन एक यस्तो अन्तर्राष्ट्रिय सम्झौता हो जसले बाल अधिकार र त्यसलाई सुरक्षा गर्ने सरकारको दायित्वहरुलाई उजागर गर्छ । सयुक्त राज्य अमेरिकाबाहेक सयुक्त राष्ट्र सङ्घका हरेक सदस्यसहित झन्डै २०० ओटा देशहरुले सन् १९९० देखि यसलाई अनुमोदन गरेका छन्। बाल अधिकार सम्बन्धी सयुक्त राष्ट्रसङ्घ सम्मेलनले किशोरकिशोरीहरुलाई अलग्गै सम्बोधन नगरे पनि यसले १८ वर्ष मुनिका सबै व्यक्तिहरुलाई बालबालिका भनेर परिभाषित गर्द छ। यसले गर्दा गेजले केन्द्रित गरेको बहुसंख्यक युवासँग यो सम्बन्धित छ। बाल अधिकार सम्बन्धी सयुक्तराष्ट्र सङ्घ सम्मेलन र ३ ओटा अपडेटहरु वैकल्पिक पोट्रोकलको रुपमा चिनिएका छन्। यिनीहरुले बालबालिकाहरुको बाँच्न र फस्टाउन पाउने, हानीबाट जोगिने, आफुले चाहेको राम्रो मान्छे बन्ने र आफ्नो आवाज सुनिने बनाउने अधिकारलाई सरकारले पहिचान गर्द छ। हरेक सरकारले बालबालिकाहरुको अधिकारहरुलाई राष्ट्रिय स्तरमा सुनिक्षित गर्न गरिएका प्रगति र बाल अधिकारको बारेमा समितिमा हरेक वर्ष रिपोर्ट गर्न त्यसले सरकारलाई बाध्यात्मक बनाउँछ। समितिले त्यसको जवाफमा विभिन्न देशहरुलाई सुधारका लागि सुझाव उपलब्ध गराउँछ। बालबालिका र अभिभावकहरुको अधिकारहरुलाई सम्बोधन गर्ने ५४ धारा भएको युएनआरसी एउटा लामो र विस्तृत दस्तावेज हो। यस बाहेक यस दस्तावेजमा हामीलाई बल्यावस्थाको बारेमा र बालबालिकाहरुका विशेष आवश्यकताहरुलाई बुझ्न मद्दत गर्ने (जस्तै शरणार्थी बालबालिकाहरुको अधिकारदेखि, उनीहरुको मिडिया र सूचनामा पहुँचकोअधिकारसम्मको) विभिन्न शिर्षकमा बुँदाहरु छन्।

महिलाविरुद्ध हुने सम्पूर्ण किसिमका विभेदहरुको अन्त्य सम्बन्धी सम्मेलन (सिड)

महिलाविरुद्ध हुने सम्पूर्ण किसिमका विभेदहरूको अन्त्य सम्बन्धी सम्मेलन (सिड) महिलाहरुको अधिकारलाई सुरक्षित गर्ने उद्देश्यमा आधारित अन्तर्राष्ट्रिय सम्झौता हो। सयुक्त राष्ट्र सङ्घले सन् १९७९ मा अनुमोदन गरेको CEDAW ले किशोरकिशोरीहरुलाई अलग्गै सम्बोधन गरेको छैन। यद्यपि यसको भाषाले “महिला तथा बालबालिका” भन्ने हुँदा CEDAW किशोरकिशोरीहरुको लागि सान्दर्भिक छ। किशोरी तथा महिलाहरुलाई उनीहरुको राजनीतिक, नागरिक, सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार उपभोग गर्न रोक्ने लिङ्गका आधारमा गरिने जुनसुकै किसिमको व्यवहारलाई महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा भनी यसले हिंसालाई फराकिलो रुपमा परिभाषित गर्दछ। गेजका सबै अध्ययन केन्द्रित देशहरुसहित झन्डै २०० देशहरुले यसमा हस्ताक्षर गरेका भए पनि कुनै देशहरुले यसलाई केही टिप्पणीका साथ गरेका छन। गेजको अध्ययन केन्द्रित देशहरु मध्ये बंगलादेशले मात्रै टिप्पणीसहित(विवाहमा समानताको बारेमा आहवान गर्ने बुँदामा) हस्ताक्षर गरेको छ। CEDAW मा हस्ताक्षर गरेका सरकारहरुले CEDAW समितिलाई लैङ्गिक समानतामा भएका प्रगतिको वार्षिक प्रतिवेदन बुझाउनु पर्छ। यसको सट्टामा (CEDAW) समितिले देशहरुलाई सुधारका लागि सुझाव उपलब्ध गराउछ। CEDAW का ३० वटा धाराहरु छन् जसले महिला तथा बालबालिकाहरुको अधिकारलाई निदृष्ट गर्छ। बाल तथा जबरजस्ती विवाह, बेचबिखन, लैङ्गिक शोषणको जोखिममा परेका बालिकादेखि ग्रामिण भेगमा बस्ने बालिका जस्ता विशेष आवश्यकता भएका महिला तथा बालबालिकामाथि ध्यान पुर्‍याउन यसले आव्हान गर्छ।

बेइजिंग कार्य मंच घोषणा

बेइजिंग कार्य मंच घोषणा सन् १९९५ मा अबलम्बन गरिएको थियो। बेइजिंगमा आयोजना गरिएको महिला विश्व सम्मेलन, बालिका तथा महिलाहरुको मानव अधिकार संरक्षण गर्ने उद्देश्य लिएको यो एउटा अन्तर्राष्ट्रिय सम्झौता हो। CEDAW भन्दा धेरै जटिल र UNCRC भन्दा लैङ्गिक हिंसामा धेरै संबेदनशील बेइजिंग कार्य मंच बालिकाहरुको आबश्यकताहरुको पहिचान गर्ने पहिलो अन्तर्राष्ट्रिय सम्झौता हो। बेइजिंग कार्य मंच घोषणामा लगभग २०० वटा देशहरुले समर्थन गरेका छन् तर कानुनीरुपले यो बाध्यकारी घोषणा होईन। यद्यपि यसले देशहरुलाई नियमित प्रगति विवरण बनाउनका लागि आहवान गर्छ। हरेक ५ बर्षमा हुने विश्व प्रगतिहरुको बारेमा पुनरावलोकन सन् २०२० का लागि तोकिएको छ। बेइजिंग कार्य मंच घोषणाले १२ वटा क्षेत्रहरु समेट्छ र तिनीहरु धेरैजसोले किशोरकिशोरी वा बालिकाहरुलाई सम्बोधन गर्दछन । यसमा गरीबी, सशस्त्र द्वन्द, राजनीतिक निर्णय, महिला र बालबालिकाहरुको अधिकारहरु अगाडि बढाउने संस्थागत संयन्त्रहरूको बारेमा उल्लेख छ। बालिकाहरुसँग सम्बन्धित अन्तिम भाग GAGE संग विशेषगरि सम्बन्धित छन् । बालिकाहरुसँग सम्बन्धित यो अन्तिम भाग का नौ वटा रणनितीहरु गेजले किशोरकिशोरीहरुको विकासमा प्रमुख हो भनेर पहिचान गरेको बिशेष सक्षमता क्षेत्रहरु संग मिल्दाजुल्दा छन् । यस बाहेक यसले पनि गेजले जस्तै किशोरिहरुविरुद्ध हुने नकारात्मक सांस्कृतिक अभिवृत्ति र प्रचलनहरुसँग सामन गर्न एउटा मजबुँद प्रयासलाई ध्यानाकर्षण गराऊछ।