हामी मात्र प्रयोग गर्न आफ्नो इमेल ठेगाना पठाउनुहोस्, तपाईं समाचार पत्र र कसरी धेरै मानिसहरू हेर्न खोल्ने हो हाम्रो इमेल. पूर्ण गोपनीयता नीति देख्न सकिन्छ यहाँ. तपाईं गर्न सक्छन् आफ्नो मन परिवर्तन र कुनै पनि समय मा अद्यावधिक तपाईंको प्राथमिकताहरू वा सदस्यता.

हाम्रो बारेमा

हाम्रो बारेमा

Adolescent girls in Ethiopia. Photo: Nathalie Bertrams/GAGE

GAGE गेज अर्थात लैङ्गिता तथा किशोरावस्थाः विश्वव्यापी तथ्य कार्यक्रम (२०१५—२०२४) मिश्रित विधियुक्त नौ वर्षीय अनुसन्धानको कार्यक्रम हो । यसले १० देखि १९ वर्षसम्मका किशोरकिशोरीहरूको लैङ्गिक अनुभवबारे खोज गर्दैछ। यो कार्यक्रम अन्तर्गत हामीले अफ्रिकाका इथियोपिया र रुवाण्डा, एसियाका बंगलादेश र नेपाल तथा मध्यपूर्वका जोर्डन र लेबनन् गरी ६ देशका १८००० किशोरकिशोरीहरूको जीवनलाई अध्ययन गरिरहेका छौँ।

यस कार्यक्रमले किशोरकिशोरीको जीवन रुपान्तरण गरी उनीहरूलाई गरिबी तथा बहिष्करणबाट सीमान्तकृत हुन् बाट मुक्त गर्नु तथा द्रुत सामाजिक परिवर्तनका लागि ‘के ले काम गर्छ वा कस्ता प्रयासहरू प्रभावकारी हुन्छन् भन्ने बारे नयाँ तथ्य सिर्जना गर्नु नै यस कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ। हाम्रो अनुसन्धानमा जोखिमयुक्त तथा अति कमजोर किशोरावस्थाका व्यक्तिहरू जस्तै किशोरावस्थाका शरणार्थीहरू, अपाङ्गता भएका किशोराकिशोरीहरू, विद्यालय छाडेका तथा नगएकाहरू, विवाहित किशोरीहरू तथा किशोरी आमाहरू पनि समावेश छन्।

यस कार्यक्रमलाई ओभरसिज् डेभलपमेन्ट इन्स्टिच्युट (ओडीआई) ले व्यवस्थापन गरिरहेको छ। जसमा किशोरावस्था, जेन्डर र सामाजिक समावेसीकरणमा काम गर्ने विश्वभरका ३५ वटा साझेदार संस्थाहरु आबद्ध छन्। गेज (GAGE) बेलायती सरकारको सहयोग नियोग युकेएडको आर्थिक सहयोगबाट सञ्चालित छ।

Find out more in this अवलोकन को GAGE विवरण , हाम्रो conceptual रूपरेखा, अनुसन्धान पद्धति र अनुसन्धान प्रश्नहरू.