हामी मात्र प्रयोग गर्न आफ्नो इमेल ठेगाना पठाउनुहोस्, तपाईं समाचार पत्र र कसरी धेरै मानिसहरू हेर्न खोल्ने हो हाम्रो इमेल. पूर्ण गोपनीयता नीति देख्न सकिन्छ यहाँ. तपाईं गर्न सक्छन् आफ्नो मन परिवर्तन र कुनै पनि समय मा अद्यावधिक तपाईंको प्राथमिकताहरू वा सदस्यता.

हाम्रो अध्ययन विधि

Adolescents with hearing impairments, Ethiopia. Photo: Nathalie Bertrams/GAGE

GAGE ले मिश्रित अध्ययन विधि प्रयोग गरेको छ जसमा विद्यमान विवरणहरूको विश्लेषण गर्नको साथसाथै नयाँ विस्तृत संख्यात्मक र गुणामक विवरणहरू जम्मा गर्ने र विश्लेषण गर्ने विधिको प्रयोग गरिन्छ। यस्तो समिश्रणले हामीलाई किशोरकिशोरीहरूको जीवनको दोस्रो दशक भरिको उनीहरूको अनुभवहरूलाई र कुन परिवर्तनका रणनीतिहरूले किशोरकिशोरीहरूको कुन उमेरमा र कुन परिवेशहरूमा उनीहरूको जीवनमा काम गर्‍यो भन्ने कुरालाई बुझ्न सहयोग पुर्‍याउँछ।

 

हामी १०-१९ वर्ष बीचका किशोरकिशोरीहरूसँग तीन चरणका अध्ययनहरू गर्नेछौँ र विवरणहरू संकलन गर्ने छौँ। हाम्रा सर्वेक्षणहरू सन् २०१७-२०१९, २०१९-२०२१ र २०२१-२०२३ सम्म निरन्तर चलिरहन्छन्। हाम्रो गुणात्मक अध्ययन र संख्यात्मक अध्ययनको प्रराम्भिक विश्लेषणको नतिजा आएपछि किशोरकिशोरीहरूको जीवन कस्तो देखिन्छ( उदाहरणका लागि, कति किशोरकिशोरीहरू स्कुलमा छन्? कतिले प्रजनन् स्वास्थ्य सेवा सुविधहरूसम्बन्धी शिक्षाको पहुँच पाएका छन्?) भने जस्ता कुरा बुझेपछि हामीलाई गुणात्मक अध्ययनको अन्तरवार्ताले यस्तो किन भयो भन्ने कुरा बुझ्न सहयोग गर्छ। उदाहरणका लागि, उनीहरूले किन विद्यालय छाडे र स्वास्थ्य सेवाको पहुँचमा अवरोध केकेले ल्याएको छ भन्ने कुरा बुझ्न पछिको गुणात्मक अध्ययनले बुझाउँछ।