हामी मात्र प्रयोग गर्न आफ्नो इमेल ठेगाना पठाउनुहोस्, तपाईं समाचार पत्र र कसरी धेरै मानिसहरू हेर्न खोल्ने हो हाम्रो इमेल. पूर्ण गोपनीयता नीति देख्न सकिन्छ यहाँ. तपाईं गर्न सक्छन् आफ्नो मन परिवर्तन र कुनै पनि समय मा अद्यावधिक तपाईंको प्राथमिकताहरू वा सदस्यता.

हाम्रो अध्ययन प्रश्नहरू

Secondary school students on a break, Bangladesh. Photo: ADB

हाम्रो अवधारणात्मक खाकाका आधारमा रहेर यस अध्ययनले निम्न तीन मुख्य प्रश्नहरूलाई सम्बोधन गर्दछ:

१. निम्न तथा मध्यम आय भएका देशहरूका बिभिन्न समुदायका किशोरकिशोरीहरूले बाल्यावस्थाबाट वयस्क अवस्थामा प्रवेश गर्दा कस्ता अनुभव गरेका छन्?

  • कसरी उमेर, लिङ्ग, अपाङ्गता र भौगोलिक स्थानका आधारमा किशोरकिशोरीहरूका अनुभवहरू भिन्न हुन्छन्?
  • लैङ्गिकताका आधारमा कसरी किशोरकिशोरीहरूले आफ्नो वस्तुस्थितिको/वरिपरीको संसारको अनुभव गर्छन?
  • किशोरकिशोरीहरूले लैङ्गिक मूल्यमान्यता र लैङ्गिकताको आधारमा हुने भूमिकाहरुको अपेक्षासँग कसरी सम्झौता गर्छन्?
  • यस्ता अनुभवहरू निर्धारण गर्नमा अभिभावक, परिवार, समुदाय, सेवा सुविधा प्रदान गर्ने व्यक्ति र मिडियाले कस्तो भूमिका खेल्छन?
  • आफ्नो दैनिक जीवनको क्रममा अन्तरक्रिया गर्ने विद्यालयहरु, स्वास्थ्य केन्द्र, न्यायालय इत्यादि सेवासुविधा र प्रणालीहरूबारे किशोरकिशोरीहरू के सोच्छन्?
  • संस्थाहरू, नीति तथा कानुनी खाकाहरूले किशोरकिशोरीहरूको अनुभवमहरू निर्धारण गर्न कस्ता भूमिका खेल्छन्?

२. किशोरकिशोरीहरुलाई कार्यक्रम र नीतिहरुले कसरि प्रभाव पारेका छन्?

  • छोटो तथा दिर्घकालिनरूपमा कार्यक्रमहरुले किशोरकिशोरीहरूको क्षमतामा कस्तो प्रभाव परेका छन् ?
  • सामाजिक, साथीहरू, परिवारको - मनोवृत्ति, मूल्यमान्यताहरू र व्यवहारमा कार्यक्रमको कस्तो प्रभाव छ?
  • किशोरकिशोरी कार्यक्रमले कसरी अन्य पूरक सेवा सुविधाहरू (उदाहरण: न्याय, शिक्षा, स्वास्थ्य, बाल संरक्षण, सामाजिक संरक्षण) सँग सम्बन्ध राख्छन्?

३. कस्ता ढाँचा र लागु गर्ने प्रक्रियाहरु / विशेषताहरू भएका कार्यक्रमहरू किशोरकिशोरीमा सबैभन्दा बढी र दीर्घकालीनरुपमा प्रभावकारी हुन्छन्?

  • एउटामात्र क्षमता अथवा निकायमा केन्द्रित कार्यक्रमहरु धेरै पाटाहरु भएका र भिभिन्न क्षमता र्र परिवर्तनका अवधारणामा काम गर्ने कार्यक्रम भन्दा काम कि बढि प्रभावकारी हुन्छ?
  • बहुआयामिक र धेरै बिधालाई समेट्ने कार्यक्रम हरुलाई कुन क्रममा राख्नु पर्छ?
  • विभिन्न उमेरका किशोरकिशोरीहरूमा कस्ता किसिमका कार्यक्रमहरु र (कार्यक्रमका) कुन तत्वहरुले सबै भन्दा बढि प्रभाव पार्दछन्?
  • लागु गरिएका कार्यक्रमहरूको तीव्रता र अवधि कति महत्त्वपूर्ण छ?
  • प्रभावकारिता हासिल गर्नको लागि बजेट, मानबीय श्रोत साधनहरु र पूर्वाधार लगायतका कार्यक्रमका श्रोत साधनहरु कतिको महत्त्वपूर्ण हुन्छन्?
  • के कार्यक्रमको डिजाइनले कार्यक्रमलाई कति बृहत रुपमा लागु गर्न सकिन्छ सकिन्न / धेरै किशोरीहरु समक्ष पुग्न सकिन्छ वा सकिन्न भन्ने कुरामा प्रभाब पार्छ?